समाचारआइतबार, चैत्र १५, २०७१

न्यूजिल्याण्डद्वारा अष्ट्रेलियालाई १८४ रनको चुनौती

हिमालखबर

crickविश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले अलआउट हुँदै ४५ ओभर खेल्दै १८३ रन बनाएको छ ।

विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । न्यूजिल्याण्ड पहिलो उपाधि रच्ने पक्षमा छ भने अष्ट्रेलिया पाँचौ उपाधि जित्ने दाउमा छ ।

यी दुवै टोली एउटै समूहबाट फाइनलमा पुगेका हुन् । फाइनल पुग्न न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गर्दै तथा अष्ट्रेलियाले डिफेन्डिङ भारतलाई ९५ रनले पराजित गरेका थिए । यसअघि समूह चरणमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई एक विकेटले पराजित गरेका थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>