समाचारआइतबार, चैत्र १५, २०७१
राखेपका उपाध्यक्ष टेन्डी पक्राउ
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा २५ तोला सुनसहित १४ चैत राति पक्राउ परेका छन् ।
हङ्कङबाट नेपाल फर्कने क्रममा शेर्पालाई शनिबार राति १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
तलाशी लिँदा सुन भेट्टाइएकाले उनलाई भन्सार विभागमा बुझाइएको प्रहरीले जनाएको छ । उपाध्यक्ष शेर्पा ओलम्पिक कमिटीका उपमहासचिवसमेत हुन् ।
रासस
