समाचारसोमबार, चैत्र १६, २०७१
जोगिमारामा बस जुध्दा ४ को मृत्यु, १४ घाइते
धादिङको जोगिमारामा यात्रुबाहक बस र माइक्रो बस एकआपसमा जुध्दा पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ४५९३ बस र पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक सवार बा १ प १०२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा ठोक्किएका हुन् ।
दुर्घटनामा पर्यटक सवार बसका चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतक विदेशी पर्यटकसमेत छन् ।
मृतकको सनाखत हुनसकेको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
