समाचारसोमबार, चैत्र १६, २०७१

अख्तियारमा प्रस्तावित पाँचै जनाको नाम अनुमोदन

हिमालखबर

संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा प्रस्तावित पाँचै जनालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको १६ चैतमा बसेकाे बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्त पदमा अनुमोदन गरेको हो ।

आयुक्तमा अनुमोदित बस्न्यात, घिमिरे र जोशी विभिन्न मन्त्रालयमा सचिव पदबाट सेवा निवृत्त हुनुभएका प्रशासक हुन् भने पाठक नायव महान्यायाधिवक्ताबाट सेवा निवृत्त भएका हुन् । श्रीमती गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

सुनुवाइ समितिमा उनीहरुले अख्तियारका काम कारवाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने र भष्ट्राचार नियन्त्रण गर्ने, अख्तियारको जिम्मेवारीलाई पूर्णता दिन राजनीतिक नेतृत्वबाट समेत इच्छा शक्ति र प्रतिबद्धता आउनु पर्ने धारणा राखे ।

संवैधानिक परिषद्को सिफारिसलाई अनुमोदन गर्दै मन्त्रिपरिषद्ले केही साताअघि उनीहरूलाई आयोगको आयुक्तमा नियुक्तिका लागि प्रस्ताव गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>