समाचारसोमबार, चैत्र १६, २०७१
हाम्रै नेताहरु महासामन्त बनेः गुरुङ
-युवराज श्रेष्ठ, लमजुङ
नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै शीर्ष नेताहरु महासामन्त बनेकाले राजनीतिक निकास निस्कन नसकेको बताएका छन् ।
पत्रकार महासंघले बेसीशहरमा गरेको कार्यक्रममा भने, ‘‘जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा पनि नाम र सीमाना अल्झिएका छन् । यो सामन्तवादकै मानसिकता हो ।’’
आफु एमालेको अध्यक्ष भएका भए मुलुकले निकास दिइसक्ने बताउँदै गुरुङले भने, ‘‘हाम्रा नेताहरु आफु पनि गर्दैनन् र अरुलाई पनि गर्न दिदैनन् ।’’
उनले विपक्षी मोर्चाले आन्दोलन भन्दा पनि संविधानसभाभित्रै बहस गर्नुपर्ने बताए ।
