थप समाचारसोमबार, चैत्र १६, २०७१
डा. केसी बारे प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका होइनन्ः नागरिक अगुवाहरु
डा. गोविन्द केसीको अनशनबारे ध्यानाकर्षण गराउन पुगेका नागरिक अगुवाहरुलाई प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिएको भन्नेबारे एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार सही नभएको नागरिक अगुवाहरुले बताएका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको वेथितिविरुद्ध अनशनरत डा. केसीको स्वास्थ्यस्थितिबारे चिन्ता गर्दै १३ चैतमा कुरा गर्न पुगेका नागरिक अगुवाहरुसँग प्रधानमन्त्री कोइरालाले ‘डा. केसी मरे म के गरौं त ?’ भन्ने प्रतिक्रिया दिएको भन्दै एक राष्ट्रिय दैनिकले १४ चैतमा प्रकाशित गरेको समाचार साँचो नभएको उनीहरुले बताएका हुन् ।
नागरिक अगुवाहरु डा. केदारनरसिंह केसी, सुबोधराज प्याकुरेल, कपील श्रेष्ठ, कनकमणि दीक्षित र चरण प्रसाईले जारी गरेको ध्यानकर्षण पत्रमा आफूहरुसँगको भेटमा प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग नगरेको उल्लेख गरिएको छ ।
ध्यानाकर्षणपत्र:

