समाचारमंगलबार, चैत्र १७, २०७१
बन्द फिर्ता लिएकाे माेर्चा अान्तरिक छलफलमा
१९ चैतमा अाह्वाान गरेकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएकाे एमाअाेवादी माेर्चा अान्तरिक छलफलमा जुट्ने भएकाे छ ।
अहिले एमाअाेवादी केन्द्रीय कमिटीकाे बैठक चलिरहेकाे एमाअाेवादीले जनाएकाे छ ।
यसपछि दिउँसाे १ बजे एमाअाेवादी संसदीय दलकाे कार्यालय सिंहदरवारमा ३० दलकाे बैठक बस्नेछ । १७ देखि २३ चैतसम्मकाे अान्दाेलन फिर्ता लिएकाे माेर्चाले २४ चैतदेखिकाे तीनदिने हड्ताल भने फिर्ता लिएकाे छैन ।
माेर्चाले हड्तालकाे कार्यक्रमकाे स्वरुप र रणनीतिको बारेमा आन्तरिक छलफल गर्ने जनाइएकाे छ ।
