समाचारमंगलबार, चैत्र १७, २०७१

मानव अधिकार आयोगको योजना सार्वजनिक

हिमालखबर

६ वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्मा । तस्वीर सौजन्यः राष्ट्रिय मानव अधिकार आयोग ।

६ वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्मा । तस्वीर सौजन्यः राष्ट्रिय मानव अधिकार आयोग ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ६ वर्षे(सन् २०१५–२०२०) रणनीतिक योजना सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनूपराज शर्माले १७ चैतमा नौ बुँदे रणनीतिक योजना सार्वजनिक गरेका हुन ।

‘घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ भन्ने मूल लक्ष्य निर्धारण गरेको आयोगले चार मुख्य रणनीतिक उद्धेश्य तोकेको छ ।  अध्यक्ष शर्माले मानव अधिकार उल्लङ्घनका घट्नाको अनुसन्धान तथा मानव अधिकार अवस्थाको अनुगमन, मानव अधिकार प्रवर्द्धनको सुदृढीकरण, विपन्न, सीमान्तकृत एवं पिछडिएका वर्गको अधिकार सुनिश्चित र आयोगको पहुँच विस्तार गरिने योजना बनाएको जानकारी दिए ।

कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकार उल्लंघन गर्नेहरूको सूची प्रकाशन गर्ने तयारी भईरहेको उल्लेख गरे । सन् २०२० भित्र मानव अधिकार प्रशिक्षण प्रतिष्ठान गठन भईसक्ने पनि वस्तीले जानकारी दिए ।

आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले पचहत्तरै जिल्लामा आयोगको पहुँच विस्तारका लागि मानव अधिकार उल्लंघनका उजूरी सबै जिल्लामा दर्ता गर्ने र त्यसमाथि अनुसन्धान प्रक्रिया अगाढि बढाईने बताईन् ।

विपन्न, सीमान्तकृत, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति र सुविधाविहीन वर्गका मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा आयोग विशेष रुपमा चनाखो रहने रणनीतिक योजनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>