समाचारमंगलबार, चैत्र १७, २०७१

काभ्रेका एमाओवादी नेता न्यौपाने मृत भेटिए

हिमालखबर

एमाओवादी काभ्रेका जिल्लास्तरीय नेता तथा पूर्वलडाकु पदमकेशर न्यौपाने बनेपामा मृत अवस्थामा फेला परेका छन् ।

एमाओवादीको लाठी जुलुसमा सहभागी हुन १६ चैतमा बनेपा आएका काभ्रेपलाञ्चोकको गौरी बिसौना देउपुर–३ निवासी न्यौपाने बनेपास्थित वेलकम गेष्टहाउसमा बास बसेका थिए ।

होटलको १०९ नम्बर कोठामा एक्लै बसेका न्यौपानेको कोठाबाट सिग्नेचर नामको मदिरा, खानेपानीको बोतल र कीटनाशक औषधिसमेत बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए ।

एमाओवादी जिल्ला परिषद् सदस्यसमेत रहेका न्यौपानेका बारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्र विस्तृत कुरा खुल्ने प्रहरी निरीक्षक भारतीले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>