समाचारमंगलबार, चैत्र १७, २०७१
मुलुकभरका अस्पतालमा ओपीडी सेवा बन्द हुने
आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीका मागलाई सरकारले सम्बोधन नगरेको विरोधमा नेपाल चिकित्सक संघले १८ चैत, बुधबारदेखि देशभरका निजी र सरकारी अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघका अध्यक्ष अञ्जनीकुमार झाले सरकारले माग नसुनेकाले ओपीडी बन्द गर्न बाध्य भएको बताएका छन् ।
१७ चैत दिउँसो त्रिवि शिक्षण अस्पतालबाट ओपीडी सेवा बन्द गरिने घोषण गरेका डा. झाले ४८ घन्टाभित्र मागको सुनुवाई नभए आकस्मिक सेवा पनि बन्द गरिने बताएका छन् ।
डा. केसीका मागप्रति सरकारले बेवास्ता गरे देशभरका अस्पतालहरु ठप्प पारिने चेतावनी यसअघि नै चिकित्सक संघले दिंदै आएको थियो ।
