समाचारबुधबार, चैत्र १८, २०७१

संविधानसभा छाडे जनमतको अपमान: गच्छदार

हिमालखबर

Bijaya_Kumar_Gachhadar_मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विपक्षी गठबन्धनको मोर्चाले संविधानसभा छाड्न नहुने बताएका छन् ।

१८ चैत विहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले संविधानसभा छाडेर सडकमा जाँदैमा उपलब्धि हात नलाग्ने भएकाले संविधानसभा छाड्न नहुने धारणा व्यक्त गरेका हुन् ।

उनले संविधानसभाबाटै संविधान बनाउन जारी गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिँदै आफूहरुलाई नेपाली जनताले संविधान निर्माण गर्न चुनेर संविधानसभामा पठाएकाले संविधानसभा छाड्नु जनमतको अपमान हुने बताएका थिए ।

संविधानसभा छाड्दैमा राजनीतिक गतिरोध अन्त्य नहुने उल्लेख गर्दै संविधानसभा असफल भए सबै राजनीतिक दल असफल हुने गच्छदारको भनाई थियो ।

उनले आमहडताल गरेर जनतालाई दुःख दिनुभन्दा वार्ताबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>