समाचारबुधबार, चैत्र १८, २०७१
पूर्व गृहराज्य मन्त्री यादवको निधन
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन भएको छ ।
खुट्टापिपराढी–१, महोत्तरीका पूर्व मन्त्री यादवको बिपी क्यान्सर अस्पताल चितवनमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय महोत्तरीले जनाएको छ ।
गत २० पुसदेखि क्यान्सरबाट पीडित भएका नेता यादवको ६३ वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् ।
