समाचारबुधबार, चैत्र १८, २०७१
‘मोर्चासँग निर्णायक वार्ता हुन्छ’
उपप्रधान तथा स्थानीय विकास एवम् सङ्घीय मामला मन्त्री प्रकाशमान सिंहले ३० दलीय मोर्चासँगको अबको वार्ता निर्णायक हुने बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुन लागेको क्षेत्रीयस्तरको रङ्गशालाको भवन शिलान्यास गर्दै उनले निर्णायक वार्ता सफल नभए संविधानसभाको प्रक्रिया अघि बढ्ने र नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताए ।
मन्त्री सिंहले मोर्चासँग अधिकतम सहमतिको प्रयास गर्ने पनि उल्लेख गरे । यसअघि पनौतिमा नै सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानको चौथो अधिवेशन तथा स्मृति ग्रन्थ विमोचनमा मन्त्री सिंहले विधि र प्रक्रिया पु¥याएर नै नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताए ।
