समाचारबिहीबार, चैत्र १९, २०७१

राजपक्षले लुम्विनीकाे विकासमा सघाउने

हिमालखबर

चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले श्रीलङ्काका पूर्वराष्ट्रपति महीन्द राजपक्षसँग कोलम्बोस्थित उनकै निवासमा भेटी नेपाल–श्रीलङ्काबीचको सांस्कृतिक सम्बन्धबारे गरेका छन् ।

पूर्वराष्ट्रपति राजपक्षले लुम्बिनीको विकासमा नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता गरे । उनले नेपाल र श्रीलङ्काबीच विशेष सम्बन्ध हुनुपर्नेमा जोड दिँदै चाबहिलस्थित चारुमती चैत्यको विकासमा पनि आफूले सहयोग गर्ने आश्वासन दिए ।

भिक्षु धम्मले राजपक्षलाई स्वयम्भू चैत्यको मूर्ति उपहार दिए । मौर्यसम्राट् अशोकका छोरा महेन्द्र र छोरी सङ्घमिता श्रीलङ्कामा बौद्धधर्म प्रचार गर्न धर्मदूत र दूतिकाका रुपमा खटिका थिए भने अर्की छोरी चारुमती नेपाल आई चारुमती विहार स्थापना गरेर बसेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>