समाचारबिहीबार, चैत्र १९, २०७१

डा.केसीले अनशन ताेड्दै (सहमतिको पूर्ण पाठसहित)

हिमालखबर

अामरण अनशनमा बसेका डा. गाेविन्द केसीले १२ औ‌ दिन १९ चैतमा  अनशन ताेड्ने भएका छन् ।

सरकारले आफ्ना मागहरु पूरा गर्ने भएपछि डा‍ केसीले  अनशन ताेड्ने भएका हुन् ।

सरकारी वार्ता टोलीका तर्फबाट मुख्य सचिव लीलामणि पौड्याल र योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल तथा प्रा डा केसी र नेपाल चिकित्सक सङ्घका तर्फबाट डा अञ्जनीकुमार झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अाजै नागरिक अगुवाहरुले डा.केसीलाई अनशन ताेड्न अाग्रह गरेका थिए ।

डा‍. केसी र सरकारबीच भएको सम्झौता:
१. केदारभक्त माथेमा संयोजक रहेको समितिबाट प्रतिवेदन प्राप्त भइ स्वास्थ्य शिक्षा नीति बनेपछि सोही बमोजिम हुनेगरी नीति र कानुन नबनेसम्म सम्बन्धन दिने र विस्तार गर्ने कुनै पनि काम कारवाही नगर्ने। यस सम्बन्धमा माननीय प्रधानमन्त्री तथा कूलपतिले शिक्षामन्त्रीलाई दिनुभएको निर्देशन पनि सम्झौतामा संलग्न छ।२. अनियमितता छानविन गर्न २०५८ सालमा गठित गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारवाहीका लागि अख्तियार पठाउने। चिकित्सा शास्त्र अध्ययन संस्थान टुक्र्याउने गरी सिनेटले गरेको निर्णय कार्यान्वयन नगर्न कुलपति (प्रधानमन्त्री) बाट पत्राचार भएको छ। चिकित्साशास्त्र सम्बन्धी आसयपत्र, सम्बन्धन विस्तारित कार्यक्रम योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना थपघट र शुल्क सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलबाट भए गरेका कामका विषयमा छानविन गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न पुनरावेदन अदालतका पूर्व न्यायाधीश संयोजक एक छानविन आयोग साता दिनभित्र गठन गर्ने र सो समितिको प्रतिवेदन सिफारिश अविलम्ब कार्यान्वयन गर्ने।३. चिकित्सा विश्वविद्यालयसम्बन्धी विधेयक आगामी ३ महिनाभित्र संसदमा पेश गर्ने

४. स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने।

५. चिकित्सा क्षेत्रका पदाधिकारी विशिष्ट र वस्तुनिष्ठ आधारमा नियुक्त गर्ने राजनीतिक प्रतिबद्धता गर्ने र सो कार्यान्वयनका लागि ४ महिनाभित्र कानुनी व्यवस्था गर्ने।

६. मापदण्ड पूरा नगर्ने मेडिकल कलेजलाई पुनर्मूल्यांकन गरेर डिअफिलियट गर्न सक्ने स्पष्ट नीतिगत व्यवस्था सिफारिश गर्न माथेमा संयोजक रहेको समितिलाई कार्यादेश थप्ने।

७. स्वास्थ्य सेवाका लागि आवश्यक चिकित्सा शास्त्र र अन्य सम्पूर्ण विषयका सबै कोर्सका सबै तहमा वैज्ञानिक शुल्क निर्धारण गर्न माथेमा संयोजक रहेको समितिलाई थप क्षेत्राधिकार दिने र सो सिफारिश आगामी शैक्षिक सत्रदेखि लागू गर्ने।

८. सरकारी शिक्षण संस्थामा एमडी, एमएस, एमडिएस, डिएमएमसिएस तहमा आगामी शैक्षिक सत्रदेखि अध्ययन गर्ने विद्यार्थीलाई समावेश गर्ने गरी निःशुल्क गर्ने। त्यसका लागि विधि र बजेटको व्यवस्था आगामी आर्थिक वर्षदेखि स्वास्थ्य मन्त्रालयले गर्ने। निजी कलेजको सम्बन्धमा माथेमा कलेजले सिफारिश गरेअनुसार हुने।

९. पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तिमा एक एक सरकारी मेडिकल कलेज हुने नीति लिने। आगामी आर्थिक वर्षमा मध्यपश्चिममा एउटा मेडिकल कलेज स्थापना गर्ने।

१०. काठमाडौं विश्वविद्यालयबाट दिएको विस्तारित कार्यक्रम कानुनी प्रक्रिया पुर्याशइ स्थगन गर्नेतर्फ कारवाही चलाउने र त्यहाँ अध्ययनरत विद्यार्थीको उपयुक्त व्यवस्थापन गर्ने।

११. नेपाल चिकित्सा संघसँग गरिएको सम्झौता र उक्त संघले उठाएका मागबारे यहाँ सम्झौता भएका मागहरुमा यसैअनुसार हुने र बाँकी विषयलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धन र कार्यान्वयनका लागि पठाउने।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>