समाचारबिहीबार, चैत्र १९, २०७१
संविधान निर्माण प्रक्रिया रोकिँदैनः प्रधानमन्त्री
-केशव राना, बाँके
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण पक्रिया कसैले रोक्न नसक्ने बताएका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८, स्थित भेरी बबई डाइभर्सन योजनाको शिलन्यास गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रिया अव नरोकिने बताए ।
उनले भने, ‘‘३० दलीय मोर्चा सहमतिमा आउनुको विकल्प छैन, नआए प्रक्रिया अघि बढ्छ ।’’ प्रधानमन्त्री कोइरालाले पराजयको रिस साँध्न मोर्चाबन्दी गरेर आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए ।
‘‘अहिलेको अवस्था भनेको आन्दोलन र बिध्वंस मच्चाउने होइन । मुलुकमा शान्ति र अमन चयन कायम गर्नु हो’’, उनले भने ।
हिमाल, पहाड र तराई टुक्र्याउनुपर्ने अडानले सहमति भएन
गृहमन्त्री बामदेव गौतमले ३० दलीय मोर्चाले हिमाल, पहाड र तराई टुक्र्याउने अडान नछोडेकाले सहमति हुन नसकेको बताए ।
उनले जातिको नामबाट राज्यको नामाकरणले नेपाललाई पछाडि धकेल्ने बताउँदै जातीय संघीयतामा कदापी सहमति गर्न नसकिने बताए ।
