समाचारबिहीबार, चैत्र १९, २०७१

पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमालखबर

nocनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समायोजन गरिएको हो । नयाँ मूल्य आजै १९ चैतबाट लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको बजार मूल्य प्रतिलिटरु रु १०९, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर रु ८६.५० कायम भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

निगमले गत १३ असोजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>