समाचारबिहीबार, चैत्र १९, २०७१

संविधान बनाउन कांग्रेसले अग्रसरता लिएनः त्रिपाठी

हिमालखबर

rrतराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले सहमतिका लागि नेपाली कांग्रेसले अग्रसरता लिन नसकेको आरोप लगाएका छन् ।

हिमालखबरसँग त्रिपाठीले भने, ‘‘कांग्रेसले सहमतिमा संविधान जारी गर्न अग्रसरता लिनुको साटो पार्टीकै महाधिवेशन लागेको छ । यसले सहमति जुट्न समस्या परिरहेको छ ।’’ उनले एमालेले स्थायी सत्ताको प्रतिनीधि बन्न खोजेकाले वार्ताहरु प्रभावकारी बन्न नसकेको बताए ।

त्रिपाठीले भने, ‘‘अनौपचारिक वार्ता प्रभावकारी बन्न सकेको छैन । हामी सहमतिकै पक्षमा छौं ।’’ जनतालाई आफ्नो अजेण्डाबारे बुझाउन बन्दको कार्यक्रम स्थगित गरेर अन्तरक्रियाको तयारी थालिएको उनले बताए ।

छिमेकीलाई संघीयताबारे बुझाइयो

त्रिपाठीले छिमेकी मुलुक भारत र चीनलाई नेपालमा भइरहेको आन्दोलबारे जानकारी गराइएको बताए ।

उनले भने, ‘‘छिमेकीहरु नेपालमा पहिचानसहितको संघीयता चाहदैन भन्ने भ्रम चिर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको भ्रमण सफल भएको छ ।’’ नेपालले छिमेकीको दबावले नभई जनतालाई अजेण्डा बुझाउन आन्दोलनको आधा कार्यक्रम फिर्ता लिएको बताए ।

हामीलाई नसोधी बोलाइएको बैठकमा जान्नौं

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षी दलहरुलाई नसोधी बैठक बोलाएकाले बहिष्कार गर्ने उनले बताए ।

त्रिपाठीले भने, ‘‘संविधानसभा कांग्रेस–एमालेको मात्रै हो जस्तो गरी सभाध्यक्षले बैठक बोलाउनुभयो । हामी त्यो बैठकमा जाँदैनौं ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>