समाचारबिहीबार, चैत्र १९, २०७१

सुरक्षा परिषद्‍मा सघाउन भारतको आग्रह

हिमालखबर

mpandeyभारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषमा आफूले उम्मेदवारी दिने बताउँदै त्यसमा नेपालको समर्थनका लागि अनुरोध गरेको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्करले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग १९ चैतमा परराष्ट्र मन्त्रालयमा भएको भेटमा त्यस्तो आग्रह गरेका हुन् ।

“सुरक्षा परिषद् सदस्यमा भारतले दिने उम्मेदवारी र त्यसमा नेपालको समर्थनको भारतीय अपेक्षा उहाँले व्यक्त गर्नुभयो,” विदेश सचिवसँगको भेटपछि सञ्चारकर्मीहरूलाई मन्त्री पाण्डेले भने, “सुरक्षा परिषद्मा सहयोग गर्नेसम्बन्धी नेपालको पुरानो प्रचलन र अभ्यासअनुरुप गर्नेबारेमा स्पष्ट गरेँ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको औपचारिक नेपाल भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति समयतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा आफूले जोड दिएको मन्त्री पाण्डेले बताए ।

यसअघि नेपाल र भारतका परराष्ट्र सचिवबीच वार्ता भएको थियो ।

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय सचिव जयशंकर नेतृत्वको टोलीबीच परराष्ट्र मन्त्रालयमा भएको वार्तामा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगति, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा १९ चैत बिहान काठमाडौं आइपुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>