समाचारशुक्रबार, चैत्र २०, २०७१
एमाअाेवादी वार्तामा नअाए दुई तिहाईबाट संविधानः काेइराला
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसुजाता कोइरालाले एमाअाेवादी वार्तामा नअाए संविधानसभाकाे दुई तिहाईबाट संविधान जारी हुने बताएकी छिन् ।
इलाम पुगेकी काेइरालाले भनिन्, “सहमति र वार्ताका माध्यमबाट निकास खोजौ । बारम्वार सहमतिको नाममा पर्खन सक्दैनौ ।” उनले एमाअाेवादी सहमतिमा नअाएपनि प्रक्रिया अघि बढ्ने र संविधान जारी हुने बताइन् ।
संविधानसभा बाहिर बसेका माओवादीसहितका ३० दलले देशमा जातीय विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै उनले आन्दोलनरत दललाई वार्ता र सहमतिमा आउन आग्रह गरिन् ।
