समाचारशुक्रबार, चैत्र २०, २०७१
‘पहाडसँग मधेश किन मिल्नै नहुने ?’
युवराज श्रेष्ठ, लमजुङ
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिमाल, तराई र पहाड मिलाएर संघीयतामा जानुपर्ने बताएका छन् ।
राष्ट्रियताका लागी हिमालदेखि तराई जोड्ने संघीयता उपयुक्त हुन तर्क गर्दै महासचिव पोखरेलले प्रश्न गरे, ‘‘मधेश पहाडसँग किन मिल्नै नहुने ?’’
प्रेस चौतारी लमजुङले बेसीशहरमा गरेको पत्रकार भेटघाट बोल्दै उनले हिमालदेखि तराई मिल्नेगरी प्रस्ताव गरिएको संघीयताको विरोध गर्नु पछाडीको स्वार्थ प्रष्ट पार्नुपर्ने बताए ।
