समाचारशनिबार, चैत्र २१, २०७१

लागूपदार्थ सेवन गरी मोटरसाइकलमा सवार चारजनाको दुर्घटनामा मृत्यु

हिमालखबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बलानमा मोटरसाइकल र बस एक आपसमा ठोक्किंदा एकै गाउँका चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान पुलमा २० चैत राति भएको दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरी दौलतपुर–१ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतो रहेका छन् ।

एउटै मोटरसाइकलमा सवार चारैजना २० देखि २५ वर्ष उमेरका छन् । प्रहरीका अनुसार उनीहरु चारै जनाले गाँजा र मदिरा सेवन गरेका थिए ।

मृतकहरुका साथबाट शरीरबाट गाँजा तान्ने चिलम, केही नगद रकम, परागलगायतका समानसमेत बरामद भएको छ ।

भद्रपुरबाट काठमाडौं जाँदै गरेको ना. ५ ख ४९७३ नम्बरको चिनारी रात्रि बसमा लहानबाट पश्चिमतर्फ जादै गरेको स. ४ प ९६८९ नम्बरको मोटरसाइकल विपरित दिशामा मोडिएर बसमा ठोक्किएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

नशाले मातेकै कारण विपरीत दिशामा गएर मोटरसाइकल बसमा ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । बसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

बसका करिब तीन दर्जन यात्रु इलाका प्रहरी कार्यालयमै रात विताउन बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>