समाचारसोमबार, चैत्र २३, २०७१

आन्दोलनका कार्यक्रम फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

हिमालखबर

PM Questions what to do with the drivers who drink and drive?प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मोर्चालाई आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा २३ चैत विहान पुगेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वले विगतका उपलब्धी गुम्ने खतरा भएको भन्दै आन्दोलन त्यागेर वार्तामा आउन आग्रह गरेका हुन् ।

गच्छदारसँग प्रधानमन्त्रीले वार्ता, सहकार्यबाट सहमति कायम गरी संविधान निर्माण गर्न आग्रह गरेका थिए ।

एमाओवादी र मधेशकेन्द्रित दलहरु संलग्न विपक्षी मोर्चाले २४ कात्तिकदेखि आन्दोलनका कार्यक्रमहरु शुरु गर्दैछ ।

यसअघि २२ चैत साँझ प्रधानमन्त्रीसँग मोर्चा संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले आन्दोलन फिर्ता लिन दाहाललाई आग्रह गरे पनि उनले फिर्ता नलिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>