समाचारसोमबार, चैत्र २३, २०७१
सर्वोच्चको फैसला विरुद्ध दाहाल सडकमा

तस्वीर: रासस
सर्वोच्च अदालतको फैसला विरुद्ध एमाओवादीसहितका ६ माओवादी दलहरुले सडकमा प्रदर्शन गरेका छन् ।
१४ फागुनमा सर्वोच्च अदालतले द्वन्द्वकालका भएका गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी दिएको परमादेशको विरोधमा एमाओवादी अध्यक्ष पुष्पकमल, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा लगायतका नेताहरु नेतृत्वको जुलुस काठमाडौंको बबरमहलबाट शुरु भई रत्नपार्कमा पुगेर सभामा परिणत भएको हो ।
जुलुसमा सर्वोच्चको फैसलालाई ‘प्रतिगामी’ भन्दै नाराबाजी गरिएको थियो ।
संक्रमणकालीन न्याय प्रक्रिया र न्यायिक प्रक्रिया बारे सर्वोच्च अदालतले गरेको उक्त परमादेश खारेजीको माग गर्दै २० चैतमा एमाओवादी, नेकपा(माओवादी, नेकपा एकीकृत, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
६ वटा माओवादी दलहरुले सर्वोच्च अदालतले गरेको परमादेश खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोमा जवाफदेहिता निगरानी समितिले भने आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गरिसकेको छ ।
सर्वोच्चको परमादेश खारेजीको मागप्रति आपत्ति
यो पनि हेर्नुहोस
युद्ध अपराधबाट जोगिन आन्दोलनः सर्वोच्च अदालतको फैसलाले दशक लामो हिंसात्मक विद्रोहमा भएका गम्भीर अपराधका पीडितमा न्याय पाउने आशा सञ्चार गराउँदा माओवादी नेतृत्व भने युद्ध अपराधमा तानिने भयले आन्दोलनको साहरा लिंदैछ । हिमाल ८–१४ चैतको आवरण रिपोर्ट
