समाचारसोमबार, चैत्र २३, २०७१
एमाले नेता रामनाथ ढकालकाे अन्त्येष्टी
तस्वीरहरुः गाेपेन राई/अानन्दराम डंगाेल
उपचारका क्रममा निधन भएका नेकपा एमालेका पाेलिट्ब्युराे सदस्य रामनाथ ढकालकाे अन्त्येष्टी गरिएकाे छ ।
विहान ८ बजेदेखि पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएकाे ढकालकाे पार्थिव शरीरलाई पशुपति अार्यघाटमा अन्त्येष्टी गरिएकाे छ ।
लुम्बनी इन्चार्ज ढकाल अनेरास्ववियुका पूर्व अध्यक्ष, राज्य व्यवस्था समितिका पूर्व सभापति एवम् पूर्व सांसद् हुन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता, विभिन्न पार्टीका नेताहरु तथा सर्वसाधरण बल्खु पुगेका थिए ।
ढकालकाे निधनप्रति एमालेले तीनदिन देशभर पार्टी झण्डा अाधा झुकाउने निर्णय गरेकाे छ ।





















