समाचारमंगलबार, चैत्र २४, २०७१

३ दिने बन्दमा ५ अर्ब ४० करोड घाटा हुने

हिमालखबर

एमाअाेवादीकाे नेतृत्वमा ३० दलीय मोर्चाले आब्हान गरेको ३ दिनको बन्दले अर्थतन्त्रमा ५ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष घाटा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले २०६५ देखि ६८ सम्म गरेको अर्थतन्त्रमा बन्दको आर्थिक असर विषयक अनुसन्धानअनुसार एक दिनको बन्दले देशलाई एक अर्ब ८० करोड प्रत्यक्ष  घाटा हुन्छ ।

तर हालका वर्षमा लगानीको विस्तार  तथा आर्थिक गतिविधिमा आएको बढोत्तरीले प्रतिदिन दुई अर्बको हाराहारीमा प्रत्यक्ष घाटा हुने अनुमान गरिएको छ । ३ दिने बन्दमा देशले प्रतिघन्टा १५ करोडको घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>