समाचारमंगलबार, चैत्र २४, २०७१

माेर्चाद्वारा महेन्द्रनगरबजार बन्द गरिएन

हिमालखबर

एमाअाेवादीसहित ३० दलीय मोर्चाले कञ्चनपुरको महेन्द्रनगरबजार बन्द नगर्ने जनाएकाे छ ।

अाजबाट सुरु भएकाे तीनदिने बन्द नहुने माेर्चाका स्थानीय संयाेजक टेकेन्द्रप्रसाद भट्टले जनाएका छन् । उनले विज्ञप्ती जारी गरेर बन्द नगर्ने जनाएका हुन् । महेन्द्रनगरमा पूर्णागिरी माताको दर्शनमा अाउने तीर्थालुलाई मध्यनजर गर्दै बजार खुला राखेको उनले बताए ।

बन्दले असर पर्ने महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार बन्द नगर्न आग्रह गरे । त्यसैगरी गहुँ काट्ने–कुट्ने समयलाई पनि मध्यनजर गर्दै मोर्चाले थ्रेसरसहितका ट्र्याक्टर निर्बाध रुपमा चल्न दिने जनाएको छ ।

भीमदत्त नगर क्षेत्रमा सवारीसाधन सञ्चालनमा रहेको बताउँदै प्रहरीले महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बन्द रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>