समाचारमंगलबार, चैत्र २४, २०७१

प्रहरीकै गाडी राेक्न खाेजेपछि विजुलीबजारमा झडप

हिमालखबर

बन्दकर्ता र प्रहरीबीच काठमाडाैंकाे विजुलीबजारमा झडप भएकाे छ ।

बन्दकर्ताले प्रहरीकाे गाडी राेक्न खाेजेपछि झडप भएकाे हाे । तिनकुनेमा प्रक्राउ परेका बन्दकर्ता रिहाईकाे माग गर्दै प्रहरीकाे गाडी राेक्न खाेजेपछि झडप भएकाे हाे ।

झडपमा परी केही बन्दकर्ता र प्रहरी घाइते भएका छन् । झडपमा बन्दकर्ता रामप्रसाद खनाल, राम कार्कीलगायत घाइते भएकाे एमाअाेवादीले जनाएकाे छ ।

प्रहरीकाे गाडीमा बन्दकर्ताले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए । तीनदिने अाम हड्तालमा उत्रेका माेर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएकाे हाे ।

 

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>