समाचारबिहीबार, कार्तिक १६, २०६९

राष्ट्रपतिले शीर्ष नेताहरूलाई फेरि बोलाए

हिमालखबर

राष्ट्रपतिले १७ कार्तिक बिहान ९ बजे शीतल निवासमा वर्तमान राजनीतिक सङ्कट, बजेटलगायतका विषयमा दलहरुले गरेका प्रयासका बारेमा जानकारी लिन नेताहरुलाई बोलाएका हुन्  ।

राजनीतिक सङ्कटको निकासका लागि दलहरूबाट भएका प्रयासको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

राष्ट्रपति यादवसँग १६ कार्तिकमा  प्रधानमन्त्री  बाबुराम भट्टराईले भेट गरेका थिए ।

दलका शीर्ष नेताहरूले समयसीमा तोक्दै राजनीतिक निकास दिने पटकपटक बताए पनि सहमति हुन नसकेको अवस्थामा ठोस कदम चाल्नका लागि दलहरूलाई राष्ट्रपतिले पुनः आग्रह गर्ने सल्लाहकार दाहालले बताए ।

छलफलका लागि एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका अध्यक्ष तथा मधेशी मोर्चाका संयोजकलाई बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>