समाचारमंगलबार, चैत्र २४, २०७१
सेवा केन्द्र विस्तारमा सरकारको कमजोरीः नेपाल
-श्याम गुप्ता, बारा
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सेवा केन्द्र विस्तारको निर्णयमा सरकारले कमजोरी गरेको बताएका छन् ।
बारामा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘‘बाबुराम भट्टराई नेतृत्वको सरकारले घोषणा गरेको सेवा केन्द्र विस्तारको निर्णयको विरोधमा मोर्चा उत्रिएको छ । यो वर्तमान सरकारको कमजोरी हो ।’’
सरकारले गलत समयमा निर्णय गरेको उनले बताए । नेपालले भने, ‘‘स्थानीय निर्वाचनको घोषणा गर्न छाडेर सेवा केन्द्र विस्तारलाई अघि बढाउनुले विपक्षीलाई बहाना मिलेको छ ।’’
नेता नेपालले सरकारले कुनै पनि विषयमा उपयुक्त निर्णय लिन नसकेकाले मुलुकमा अराजकता बढ्दै गएको बताए ।
आन्दोलनले एमाओवादी मोर्चालाई सवैभन्दा बढी घाटा पुग्ने बताए । उनले भने, ‘‘आगामी गणतन्त्र दिवसमा संविधान जारी गर्नुपर्छ, ३० चैतसम्म संविधानसभा बैठक स्थगित भएकाले तत्काल विवाद टुंगो लगाउन छलफल थाल्नुपर्छ ।’’
