समाचारमंगलबार, चैत्र २४, २०७१
सरकारी कार्यालयमा तोडफोड गर्ने पाँच जना पक्राउ
एमाओवादी नेतृत्वको मोर्चाले गरेको बन्दका क्रममा झापाका दुई सरकारी कार्यालय तोडफोड भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकस्थितका मालपोत कार्यालय र मेचीनगर नगरपालिकाका कार्यालयमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
उनीहरुले दिउँसो कार्यालयमा प्रवेश गरी तोडफोड गर्न थालेपछि प्रहरीले दमक मालपोत कार्यालयबाट चार जना र मेचीनगर नगरपालिकाबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मालपोत कार्यालयमा लगभग रु एक लाख १० हजार र मेचीनगर नगरपालिकामा रु ६० देखि ७० हजारसम्मको क्षति भएको अनुमान छ ।
