समाचारमंगलबार, चैत्र २४, २०७१
बन्द खुल्याे, माेर्चाकाे बैठक बस्दै
एमाअाेवादी नेतृत्वकाे ३० दलीय माेर्चाले अाह्वान गरेकाे बन्द साँझ पाँच बजेपछि खुलेकाे छ ।
तीनदिने अाम हड्ताल अन्तर्गत पहिलाे दिनकाे बन्द खुलेकाे हाे । बन्द खुलेलगत्तै माेर्चाकाे समीक्षा बैठक एमाअाेवादी संसदीय दलकाे कार्यालय सिंहदरवारमा सुरु भएकाे छ ।
माेर्चाले बन्दकाे कार्यक्रम हेरफेर गर्न सक्ने जनाउ दिएकाे छ । नेपाल उद्याेग बाणिज्य महासंघका प्रतिनीधिहरुसँगकाे भेटमा एमाअाेवादीका अध्यक्ष तथा माेर्चाकाे संयाेजक पुष्पकमल दाहालले यस्ता अाश्वासन दिएका हुन् ।
