समाचारमंगलबार, चैत्र २४, २०७१
बन्द जारी राखे हदैसम्मकाे कार्बाही गर्ने गृहमन्त्रालयकाे चेतावनी
गृहमन्त्रालयले अाम हड्ताल जारी राखे हदैसम्मकाे कार्बाही गर्ने चेतावनी दिएकाे छ ।
आन्दोलनका नाममा जबरजस्ती बन्द गराउने, सवारी साधन तोडफोड गर्ने, जनजीवन अस्तव्यस्त गराउने जस्ता काम गैरकानूनी भएको स्मरण गराउँदै गृहमन्त्रालयले गैरकानूनी गतिविधि गर्नेलाई कार्बाही गर्ने चेतावनी दिएकाे हाे ।
मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा २४ चैतमा एमाओवादी नेतृत्वको मोर्चाले गरेको बन्दका क्रममा १७ वटा सवारी साधनमा ताेडफाेड, तीन वटामा अागजानी गरिएकाे उल्लेख छ ।
हेर्नुहाेस् विज्ञप्तीकाे पूर्ण विवरण
