समाचारबुधबार, चैत्र २५, २०७१
माेर्चा फुटेर केही फरक पर्दैनः रायमाझी
एमाओवादीका सचिव टोपबहादुर रायमाझीले एउटै दलमा त पूर्ण सहमति हुन नसकिरहेको अवस्थामा तीस दलको मोर्चामा विबाद आउन, विभाजन हुनु स्वभाविक भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने, “हामीले एउटा उद्देश्य प्राप्त गर्नको लागि मोर्चा बनाएका हौ । कुरा मिल्दासम्म एकै ठाँउ बस्ने हो नमिले अलग हुने हो । फुट्ने जुट्ने काम भईरहँन्छ । कसैको ठेक्का लिने काम सकिदैन ।”
साक्षात्कारमा रायमाझीले केही मधेसवादी दलहरुले बन्द फिर्ताको विरोध गरिरहेको र मोर्चा छाड्ने अभिब्यक्ति दिइरहेको प्रति लक्षित गर्दै यो ठूलो कुरा नभएको बताए ।
उनले सत्तारुढ दलका धेरै नेताहरु सहमतिको पक्षमा भएको र सहमतिकै लागि संविधानसभाको बैठकपनि स्थगित गरेकोले बातावरण निर्माणको लागि आफूहरुले आमहडताल फिर्ता लिएको जानकारी दिदै दलहरुवीच एक प्रतिसतमात्र सहमति हुन बाँकी रहेकोले राष्ट्र र जनतालाई केन्द्रमा राखेर बसे सहमति हुने विश्वास ब्यक्त गरे ।
