समाचारबिहीबार, चैत्र २६, २०७१
३० दलीय मोर्चाबाट बाहिरिँदै फोरम नेपाल र सद्भावना पार्टी
एमाअाेवादी नेतृत्वको ३० दलीय मोर्चामा आवद्द केही मधेसी दलहरू मोर्चाबाट बाहिरिँदै छुट्टै आन्दोलनको कार्यक्रम गर्ने तयारीमा जुटेको छन् ।
२५ र २६ चैतकाे आमहड्ताल कार्यक्रम बिचैमा फिर्ता लिइएकोमा असन्तुष्टी जनाएका मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टी ३० दलीय मोर्चाबाट छुट्टीएर छुट्टै आन्दोलनको घोषणा गरेका हुन्।
उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महोतो नेतृत्वको सद्भावना पार्टीले आमहड्ताललगायत आन्दोलनका कार्यक्रम बिचैमा छोडेकोमा एमाओवादी नेतृत्वप्रति चर्को असन्तुष्टी जनाएका छन्।
राजधानी दैनिकबाट
