समाचारबिहीबार, चैत्र २६, २०७१
५३ सभासद्ले अझै सम्पत्ति विवरण बुझाएनन्
संविधानसभा सदस्यमा निर्वाचित विभिन्न दलका ५३ जना सभासद्ले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले निश्चित अवधिभित्रमा आफू र आफ्ना नातेदारको सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको भए पनि सभासद्हरुले नै विवरण नबुझाई मुलुकको कानुनलाई चुनौती दिएका हुन् ।
सभासद्सँगै १४ जना मन्त्रीले पनि तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । उनीहरुले निकै ढिलो गरी सम्पत्ति विवरण बुझाएका हुन् । तोकिएको समयभन्दा ढिलो गरी सम्पत्ति विवरण बुझाउने र पहिले नै नबुझाउनेलाई एकै खालको कारबाही हुने प्रावधान छ ।
राजधानी दैनिकबाट
