समाचारबिहीबार, चैत्र २६, २०७१
थापाको स्वास्थ्यमा सुधार
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
थापाकाे भारतकाे मेदान्त अस्पतालमा उपचार भइरहेकाे छ । त्यहाँका चिकित्सकको गहन परीक्षणपछिको रायसल्लाहअनुसार चिकित्सक डा नरेश त्रेहान, डा आरआर कास्लिवान र डा आदर्श चौधरीसहितको टोलीबाट उनकाे पेटको शल्यक्रिया हुने थापाका स्वकीय सचिव अरुण शर्माले बताए ।
