समाचारबिहीबार, चैत्र २६, २०७१

सहमतिका लागि कांग्रेस–एमाले अधिकतम लचिलो हुने

हिमालखबर

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले ३० चैतभित्रै सहमति जुटाउन अधिकतम लचिलो हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले विपक्षी दलहरुसँग सहमतिका लागि अधिकतम लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

आगामी ३० गतेका लागि बोलाइएको संविधानसभाको बैठकअघि पनि सहमति जुट्न नसके प्रक्रियामा जाने निष्कर्षमा दुई दल पुगेका छन् ।

बैठकमा नेपालीका कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, प्रबक्ता दिलेन्द्र बडू र महेश आचार्य सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपभाध्यक्षहरु बामदेव गौतम, विद्या भण्डारी, भीम रावल र अग्नी खरेल थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>