समाचारशुक्रबार, चैत्र २७, २०७१
चैतभित्र सहमति नभए प्रकृया अघि बढ्छः नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच ३० चैतभित्रमा सहमति नभएको खण्डमा प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
कोइराला सेवा समाज नेपालद्वारा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष नेम्वाङले अबको दुई तीन दिनभित्रमा संविधानका विवादित विषयमा वा प्रक्रियाका लागि दलहरूको बीचमा सहमति नभएको खण्डमा संविधानसभाको आफ्नो नियमअनुसार प्रक्रिया अगाडि बढाउनुको विकल्प नभएकाे बताए ।
“मुलुकको अहिलेको मूल अभियान भनेको संविधान निर्माण गर्नु हो, त्यसैले जतिसक्दो चाँडो संविधान जारी गर्न नागरिक समाज, वौद्धिक वर्गलगायत सबैले राजनीतिक दलका शीर्ष नेतालाई सकारात्मक दबाब दिनु आवश्यक छ”, नेम्वाङले भने । दलहरूले संविधान बनाउन नसकेको भन्दा पनि नचाहेको उनकाे भनाइ छ ।
