समाचारशनिबार, चैत्र २८, २०७१

अब संविधान निर्माण प्रक्रिया अघि बढ्छ: नेम्वाङ

हिमालखबर

subash nembang okसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब बस्ने संविधानसभा बैठकले संविधान लेखनको बाटो खोल्ने बताएका छन् ।

उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा २८ चैतमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेम्वाङ्ले सहमति वा प्रक्रिया जुनसुकै तरिकाबाट भएपनि संविधान निर्माण प्रक्रिया अघिबढने बताए ।

उनले ३० चैतमा संविधानसभा वैठक बस्नुअघि सबै विवादित विषयमा सहमति गर्न राजनीतिक दललाई आग्रह गर्दै भने, “समयमै सहमति गर्नुहोस् होइन भने संविधानसभा नियम र स्थापित अभ्यासअनुसार अगाडि बढ्छ किनकी संविधानसभाको नियमावली र विधि तपाईंहरुले नै तयार गर्नुभएको हो ।”

यस पटक संविधानसभाले संविधान बनाउनै पर्ने बाध्यता रहेको धारणा राख्दै उनले थपे, “यो पटक संविधान बनाइएन भने संविधानसभाबाट संविधान बन्दैन ।”

उद्योग वाणिज्य महासङ्घलाई पनि सहमति र एकताबद्ध भएर आगाडि बढ्न सुझाव दिँदै अध्यक्ष नेम्वाङले बजेट चाँडो ल्याउने विषयमा सरकारलाई आग्रह गरेको जानकारी दिए ।

नेम्बाङले भने, “हिउँदे अधिवेशन बोलाउन सरकारलाई बारम्बार आग्रह गरेको छु, तपाईंहरुले पनि त्यस किसिमको दबाब दिनुहोला ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>