समाचारशनिबार, चैत्र २८, २०७१

पूर्वमन्त्री अन्सारीको निधन

हिमालखबर

salim-miyaपूर्वमन्त्री सलिम मियाँ अन्सारीको ६३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित अन्सारीको २८ चैतमा उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

उनी बाराबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेमा रही लामो समय राजनीति गरेका अन्सारी २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री  भएका थिए भने केही समय राप्रपा नेपालमा समेत सक्रिय थिए ।

पछिल्लो समय उनी एमाओवादीमा प्रवेश गरेका थिए । उनकी छोरी उषाकिरण अन्सारी एमाओवादीका तर्फबाट सभासद छिन् ।

अन्सारीको शवलाई आजै बारामा धार्मिक परम्परानुसार समाधिस्थ गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>