समाचारआइतबार, चैत्र २९, २०७१

सहमतिकाे संविधान बन्ने संभावना बढ्याेः मन्त्री रिजाल

हिमालखबर

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नयाँ संविधान निर्माणमा सहमतिको सकारात्मक सङ्केत देखिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले संविधानका हरेक धारासँग सहमति हुने परिस्थिति निर्माण गर्न सरकार लागिपरेको बताए । एमाओवादी पार्टीभित्र नयाँ संविधान निर्माणमा चासो देखिएको उल्लेख गर्दै मन्त्री रिजालले सरकार, राजनीतिक दल वा संविधानसभा जहाँबाट भए पनि सहमतिको वातावरण तयार पार्नुपर्ने बताए ।

उनले भने, “संविधान सम्बन्धी विवाद जुन ठाउँमा छ, अहिले पनि विवाद सोही ठाउँमा यथावत् छ तर, सहमतिको वातावरण बन्ने अवस्था देखिएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>