थप समाचारआइतबार, चैत्र २९, २०७१

उपनिर्वाचन मतगणनाः कांग्रेस करिब २ हजार मतले अगाडि (अपडेट)

हिमालखबर

-द्राेणकुमार कुँवर

बाग्लुङ–१, मा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेलाई करिब २ हजार मतले उछिनेको छ ।

पछिल्लाे मत परिणाम:

नेपाली कांग्रेस – १३,५३८
नेकपा एमाले – ११,५६६
एमाअाेवादी – २,२२५
जम्मा मतगणना –३०,१४२

अहिलेसम्म ५५ वटा निर्वाचन केन्द्रको मतगणना सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसकी उमेद्वार चम्पादेवी खड्का र एमालेकी उम्मेद्वार मना केसी मुख्य प्रतिस्पर्धामा छन् । अहिलेसम्मको मत परिणाम अनुसार तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्ण केसीलाई जमानत जोगााउन धौ धौको अवस्था छ ।

नेपाली कांग्रेसकी उम्मेदवार खड्का सडक दुर्घटनामा मृत्यु भएका सभासद् हरि खड्काको श्रीमती हुन् । उपनिर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

५२ हजार २ सय मतदाता रहेको बाग्लुङ- १ को उपनिर्वाचनमा ३८ हजार २१ जनाले मतदान गरेका थिए।

गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>