समाचारआइतबार, चैत्र २९, २०७१
बाग्लुङ उपनिर्वाचन: कांग्रेस विजयी, एमाओवादीको धरौटी जफत
-द्रोणकुमार कुँवर
बाग्लुङ–१, मा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मना केसीलाई २०८६ मतले उछिन्दै खड्का विजयी भएकी हुन् ।
मत परिणाम
नेपाली कांग्रेस – १७,१५४
नेकपा एमाले – १५,०६८
एमाओेवादी – २,५०५
राष्ट्रिय जनमोर्चा- १,९४९
तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्ण केसीले २,५०५ मत प्राप्त गरे, उनको धरौटी समेत जफत भएको छ ।
नवनिर्वाचित सभासद् खड्का सडक दुर्घटनामा मृत्यु भएका सभासद् हरि खड्काको श्रीमती हुन् ।
उपनिर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
५२ हजार २ सय मतदाता रहेको बाग्लुङ- १ को उपनिर्वाचनमा ३८ हजार २१ जनाले मतदान गरेका थिए।
गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले ६ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।
