समाचारआइतबार, चैत्र २९, २०७१

संविधान निर्माणलाई टुङग्याउनुपर्छ, अब म टुङग्याउछु: दाहाल

हिमालखबर

subash-nembang-devaki-190संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संविधान लेखनलाई अघि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

अध्यक्ष नेम्वाङको सरकारी निवास बालुवाटारमा २९ चैत साँझ भएको छलफलमा संविधानका अन्तरवस्तुमा रहेको विवादलाई छिट्टै सुल्झाउने विषयमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष दाहालले संविधानका धेरै अन्तरवस्तुमा सहमति भइसकेकाले संविधान लेखनलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको बताएको अध्यक्ष नेम्वाङले जानकारी दिए ।

दाहालले अब संविधान निर्माणलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको र असहमतिका विषयमा सहमति गरी चाँडै संविधान निर्माण गर्नका लागि आफूले प्रयास गरिरहेको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>