समाचारसोमबार, चैत्र ३०, २०७१

केही दिनमै सहमति जुट्छः अध्यक्ष दाहाल

हिमालखबर

एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संविधान लेखनमा देखिएका विवादमा सहमति जुट्ने बताएका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग दाहालले भने, ‘‘हामीले सहमतिको आधारमा नै संविधान लेखनको काम अगाडि बढोस् भनेर आमहड्ताललगायतका कार्यक्रम स्थगित ग¥यौ तर सत्तारुढ दलमा अझै जिम्मेवारीवोधको अभाव देखिएको छ ।’’

यसबीचमा भएका अनौपचारिक सम्वादले विवादित विषयलाई साँघुरो बनाउन बल पुगेको उल्लेख गर्दै उनले निरन्तर सम्वाद जारी राख्न र त्यसको नेतृत्व लिन आफूले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गरेको बताए ।

संविधानसभाको अर्को बैठक ६ वैशाखसम्म केही न केही निकास निकाल्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>