समाचारमंगलबार, बैशाख १, २०७२
अवकाे युग विकासकाे युगः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताएका छन् ।
रुकुमको दुर्गम तकसेरा गाविसमा आयोजना गरिएको आदिवासी जनजाति कला सांस्कृतिक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अबको युग विकासको युग भएको बताए ।
नयाँ संविधान जारी भएसँगै विकासले गति लिने र यस अभियानका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनले बताए ।
राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । “तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?” प्रधानमन्त्रीले भने, “हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ ।”
प्रधानमन्त्री कोइरालाले बगिरहेको पानीलाई पैसामा रुपान्तरण गर्न लागिपर्नुपर्नेमा पनि जोड दिए । “नेपालमै डलर फलाउन सकिन्छ त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट लागौँ,” प्रधानमन्त्रीले भने ।
