समाचारबुधबार, बैशाख २, २०७२
प्रधानमन्त्री र नर्वेका राज्यमन्त्रीबीच भेटबार्ता
प्रधानमन्त्री सुशील कोइरालासँग नर्वेको विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइराला र राज्यमन्त्री हगलन्डबीच नेपाल र नर्वेबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे छलफल भयाे ।
भेटमा वैकल्पिक ऊर्जा, जलविद्युत्, शिक्षा र सुशासनका क्षेत्रमा नर्वेले प्रदान गर्दै आएको सहयोगका बारेमा कुराकानी भएको भेटपछि राज्यमन्त्री हगलन्डले सञ्चारकर्मीलाई बताए ।
भेटमा प्रधानमन्त्री कोइरालाले नर्वेले नेपाललाई पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।
