समाचारबिहीबार, बैशाख ३, २०७२
सूर्यबहादुर थापाको निधन

पूर्व प्रधानमन्त्री तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको निधन भएको छ । थापाको २ बैशाख साँझ निधन भएको हो ।
भारतमा उपचाररत थापाको निधन भएको खबर आएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले हिमालखबरलाई जानकारी दिए । थापालाई १६ चैतमा वाणिज्य मन्त्री समेत रहेका छोरा सुनिलबहादुर थापाले उपचारका लागि दिल्ली लगेका थिए ।
८८ वर्षीय थापा संविधानसभाका ज्येष्ठ सदस्य हुन । धनुकटामा जन्मिएका थापा पाँच पटक प्रधानमन्त्री बनेका थिए ।
