समाचारबिहीबार, बैशाख ३, २०७२
थापाको पार्थिब शरीर अपराह्न काठमाडौं ल्याइँदै, भोली अन्त्येष्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
बैठकले थापाको निधनबाट मुलुकले एउटा राजनेता गुमाएको एवम् पार्टीलाई अपूरणीय क्षति भएको ठहर गरेको छ ।
पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।
स्व थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा ३ वैशाख अपराह्न काठमाडौँ ल्याइने भएको छ ।
काठमाडौँ ल्याएपछि थापाको पार्थिव शरीरलाई उनको निजी निवास मालीगाउँमा ४ वैशाख बिहानसम्म राखिने, १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टी प्रवक्ता किरण गिरीले जानकारी दिए ।
थापाको ४ बैशाख साँभः पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।
भारतको मेदान्त अस्पतालमा उपचाररत थापाको २ वैशाख राति १०: ४४ बजे निधन भएको थियो । थापालाघ १६ चैतमा उनका छोरा वाणिज्य मन्त्री सुनिलबहादुर थापाले उपचारका लागि दिल्ली लगेका थिए ।
थापा संविधानसभाका ज्येष्ठ सदस्य हुन । धनुकटामा जन्मिएका थापा पाँच पटक (२०२२–२०२६), (२०३५–२०३८), (२०३८–२०४०), (२०५४–२०५५) र (२०५९–२०६०) मा प्रधानमन्त्री बनेका थिए ।
